काठमाडौं – फ्नै घरमा विभत्स अवस्थामा एक दम्पतीको शव भेटिएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ आहालेस्थित एक घरमा ६२ वर्षका विष्णुबहादुर आलेमगर र उहाँकी ६० वर्षीया श्रीमती निरमायाको विभत्स अवस्थामा शव भेटिएको हो ।
उनीहरूको शव ठाउँ–ठाउँमा धारिलो हतियारले प्रहार गरेर क्षतविक्षत बनाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए । स्थानीयवासीले घटनाको बारेमा खबर गरेपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको खत्रीले बताएका छन् ।