प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडामा एक व्यक्तिले सर्प खेलाउँदै गर्दा टोकेपछि...

२०८० बैशाख १७, आईतबार १२:१७ बजे

मकवानपुर – हेटौंडामा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुर बस्ने अन्दाजी ३५ वर्षीय सोनु कडेल रहेका छन् ।

प्रहरीका अनुसार आइतबार कडेलले घर नजिकै रहेको जङ्गलबाट सर्प ल्याएका थिए । उक्त सर्पलाई घरमा ल्याएर खेलाउने क्रममा सर्पले उनलाई टोकेको थियो ।

सर्पको टोकाईबाट बिरामी भएका कडेलको उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले  जनाएको छ ।