हेटौंडा – मकवानपुरको भिमफेदीमा सडेगलेको अवस्थामा शव फेला परेको छ । जिल्लाको भिमफेदी गाउँपालिका–८ छोक्रेस्थित जंगलमा सडेगलेको अवस्थामा शनिबार शव फेला परेको वडाअध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिए ।
गाईबस्तु चराउन जाने स्थानीयहरुले शनिबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी चौकी ठिंगनको टोलो पुगी सकेको वडाअध्यक्ष लामाले बताए । ‘शव कुहिएले महिला/पुरुष छुट्याउन सकिने अवस्था छैन, शव भिरमा अड्किएको अवस्थामा छ, घटनाको प्रकृती हेर्दा लडेर मृत्यु भएको हुन सक्छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले घटनाको अनुसन्धानको लागि घटनास्थल तर्फ गहिरहेको बताए । उनले घटनास्थलको अनुसन्धान र पोष्टमाटम पछि मात्रै घटनाको बिवरण खुल्ने बताए । घटनास्थल धार्मिक पर्यटकिय स्थल लटरम्भेश्वर महादेव नजिक रहेको छ ।