प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

थासाङ गाउँपालिका अध्यक्षमा एमाले निर्वाचित

२०७९ जेठ १, आईतबार ०९:०५ बजे

काठमाडौं – मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रदिप गौचन निर्वाचित भएका छन्। उनी एक हजार १४४ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत पाएकी छन्। उपाध्यक्षमा भने नेपाली कांग्रेसका सोमल हिराचन विजयी भएका छन्। उनी एमालेकी सुमिता शेर्पालाई पछि पार्दै विजयी भएकी हुन्। हिराचनले एक हजार ११२ मत पाउँदा शेर्पाले जम्मा एक हजार ८० मत ल्याइन्।