हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकामा एमालेका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । आइतबार
दुबै गाउँपालिकाको निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र वडा सदस्यहरुका उमेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।
एमालेबाट मनहरी गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै वडा नं.१ को वडा अध्यक्षमा भीमसेन अधिकारी, २ को वडा अध्यक्षमा निमा लामा, ३ को वडा अध्यक्षमा मानबहादुर बल, ४ को वडा अध्यक्षमा रविन ढकाल, ५ को वडा अध्यक्षमा किशोर बर्तौला, ६ को वडा अध्यक्षमा गोपी लामा, ७ को वडा अध्यक्षमा नारायण सिं घिसिङ, ८ को वडा अध्यक्षमा पुष्कर सुवेदी र ९ को वडा अध्यक्षमा लक्ष्मण उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी एमालेबाट भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानाले उमेदवारी दर्ता गराएका छन् । यस्तै वडा नं.१ को वडा अध्यक्षमा पञ्चमाया स्याङ्तान, २ को वडा अध्यक्षमा काशिराम बज्यु, ३ को वडा अध्यक्षमा प्रकाश पौडेल, ४ को वडा अध्यक्षमा सागर पाण्डे, ५ को वडा अध्यक्षमा जाहारसिं लामा, ६ को वडा अध्यक्षमा सीताराम थापा, ७ को वडा अध्यक्षमा प्रमेश्वर राना मगर, ८ को वडा अध्यक्षमा विष्णु बहादुर लामा र ९ को वडा अध्यक्षमा प्रकाश पुडासैनीको उम्मेदवारी दर्ता गराएका छन् ।