हेटौंडा – बाराको महागढिमाई नगरपालिका ८ थलही पुलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कलैयाबाट लङ्गडा चोक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले शनिबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाईकल चालक बाराकै आदर्श कोतवाल गाउँपालिका १ जमुनियाका अन्दाजी २२ बर्षीय बिकास कुमार साह घाईते भएका थिए । घाईतेको उपचारको क्रममा गण्डक अस्पताल बिरगंज पर्सामा हिजो बेलुकी पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न सवारी साधन फरार भएकाले खोजी भएरहेको प्रहरीले जानकारी दिएको छ ।