प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

घर भत्किँदा एक जना महिलाको मृत्यु

२०८० असार २३, शनिबार १०:०३ बजे

दिपायल – डोटीमा घर भत्किँदा एक जना महिलाको मृत्यु भएको छ। शुक्रबार राति दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालासीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गएराति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो।

प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोली राति नै उद्धारको लागि खटिएको थियो। तर उद्धारको प्रयास गरे पनि मलासीको शव शनिबार बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए।