प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

इन्द्रसरोवरमा कांग्रेसको अग्रता

२०७९ बैशाख ३१, शनिबार ०१:४७ बजे

हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतगणना सुरु भएको छ । मतगणना शुक्रबार रातीबाटै मतगणना सुरु गरिएको हो ।

इन्द्रसरोवर गाउँपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । वडा नं १ को मत गणना हुँदा कांग्रेसले सुरुआती अग्रता लिएको हो ।

मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका विश्वलाल लामाले ४६२ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका देव कृष्ण पुडासैनी शर्माले ३०६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार निर्मला रुम्बाले ४६३ मत प्राप्त गरेकी छन् ।  त्यस्तै एमालेकी उषा कुमारी लामा लामाले २ सय ९६ मत प्राप्त गरेकी छन् ।

त्यस्तै वडाअध्यक्षतर्फ पनि नेपाली कांग्रेसकै अग्रता रहेको छ । वडा नम्बर १ वडाअध्यक्षमा कांग्रेसका शुबास थापा मगरले ४६४ मत ल्याएका छन् । यसैगरी एमालेका राजु बस्नेतले २७० मत प्राप्त गरेका छन् ।