हेटौंडा – कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिक्षक पक्राउलाई गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले कक्षा तीनमा अध्यनरत् नावालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ पक्राउ गरेको हो ।
शिक्षकले स्कुल समयमा नावालिकालाई यौनजन्य कार्य गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।आरोपी शिक्षकलाई बालयौन दुर्व्यवहार सम्बन्धी कसुरमा मुद्धा दर्ता गर्ने तयारी गरेको गुल्मी प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।