प्रहर खबर
 २०८३ भाद्र ११, बिहीवार    

हेटौंडामा शौचालयबाट लडेर एक जनाको मृत्यु

२०८१ मंसिर १९, बुधबार ०९:३९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६, कल्याणटारमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २८ वर्षीय उद्वव राई रहेका छन् ।

मंसिर १८ गते साँझ आफ्नै घरको शौचालयबाट बाहिर निस्कने क्रममा अचानक लडेर बेहोस भएका थिए। बेहोस भएपछि उनलाई तत्काल उपचारका लागि नजिकैको हेटौंडा अस्पताल पुर्याइएको थियो। तर, डाक्टरहरूले साँझ ६ः३० बजे उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्युको कारणबारे विस्तृत जानकारी पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।