प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

मकवानपुरमा १ हजार ४४२ उम्मेदवारको मनोनयन दर्ता, कुन पदमा कति ?

२०७९ बैशाख १३, मंगलबार ००:०९ बजे

हेटौंडा – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा १ हजार ४४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको १० स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा नगरप्रमुखमा १४ जना र अध्यक्षमा ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नगरउपप्रमुखमा ८ जना र उपाध्यक्षमा ३० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार वडाध्यक्षमा ३४०, महिला सदस्यमा २५१, दलित महिला सदस्यमा २१७ र सदस्यमा ५३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेको छ । जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन् ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । पहिलो दिन वैशाख ११ गते तुलनात्मक रुपमाकम संख्यामा मनोनयन दर्ता भए पनि दोस्रो दिन १२ गते ठूला दलका उम्मेदवारसहित सबै उम्मेदवारले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।