हेटौंडा – मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका ६ प्यारीढापमा आज बिहान बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलबाट स्थानिय ८२ वर्षीया फुलमाया राईको घटनास्थलमै मृत्यु भएको हो ।
प्यारीढापबाट भण्डारातर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ ।