हेटौंडा – जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । दार्चुला महाकाली नगरपालिका–४ तिंकर खेडा बस्ने प्रेम सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपैयाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटी सहित पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।