हेटौंडा – बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ६ सय २९ जनाको दरबन्दी स्विकृत गरेर ६ सय ८ जना कर्मचारी नियुक्तीका लागि प्रकृया अघि बढाएको छ । मन्त्रालयले २०७९ साउन २७ गते सूचना प्रकाशित गरेर चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतका जनशक्ति माग गरेको हो ।
अहिले करारमा नियुक्तिका लागि धमाधम अन्तरबार्ता भईरहेको छ । लोकसेवाको प्रकृया ढिलो हुने भएकाले सिधै करारमा कर्मचारी राख्न लागेको मन्त्रालयको दाबी छ । प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने जनशक्ति ब्यवस्थापन गर्न प्रदेश लोकसेवा आयोगको गठन भएको हो । तर, नयाा जनशक्तिका लागि अन्तरवार्ता समेत लिईसकेको मन्त्रालयले कर्मचारी नियुक्तिका बारेमा आयोगलाई जानकारी समेत दिएको छैन । निर्वाचन तोकिसकेपछि मन्त्रालयले ठूलो संख्यामा कर्मचारी नियुक्ती प्रकृया अघि बढाउनु निर्वाचन आचारसंहीता विपरित भएको प्रतिपक्ष दल एमालेको दाबी छ ।
मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशानलयले एक विद्यालय एक नर्स कार्यक्रमका लागि ९२ जना नर्स नियुक्तिको तयारी गरेको छ । निर्देशनालयले भदौ १३ गते सूचना प्रकाशित गरेको हो । यस्तै अधिकृत स्तर सातौ, पााचौ र चौथो तहका थप १८ जना कर्मचारी समेत गरी सातसय १८ जना करारमा राख्न लागिएको हो । कान्तिपुर टिभीबाट