प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडा उपमहानगरभित्रै नगरप्रहरीद्वारा ब्यवसायीमाथि हातपात

२०८० आश्विन ११, बिहीबार ०९:२१ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी शहर हेटौंडा उपमहानगरपालिकाले नगरप्रहरीको सक्रियता बढाएको छ । नगरप्रहरीले सडक मिचेर बनाएको संरचना हटाएको छ । त्यस्तै पैदलयात्रु हिड्ने सडक पेटीमा समेत सामान राख्ने पसल सञ्चालकहरुलाई सम्झाई बुझाई र सामान उठाउने समेत गर्दै आएको छ ।

यही क्रममा बिहीबार दिउँसो हेटौंडा उपमहानगरको नगरप्रहरीको एक टोली गाडी लिएर त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.२ पिपलबोट क्षेत्र पुग्यो । हेटौंडा बजार क्षेत्रबाट करिब आधा दर्जन पसलबाट सामान उठाएर नगरप्रहरीको टोली हेटौंडा उपमहानगर कार्यालयमा फर्कियो ।
ती आधा दर्जन पसल सञ्चालक मध्ये एक हाड्वेयर पसल सञ्चालक निमेश जालन उठाएको सामान बारे जानकारी लिन हेटौंडा उपमहानगरको नगरप्रहरी कक्षमा पुगे । सामान बारे जानकारी लिन पुगेका जालनमाथि नगरप्रहरीहरुले दुब्र्यवहार गरेका छन् । नगरप्रहरीले आफ्नो पसलबाट उठाएको सामानको फोटो लिने क्रममा नगर प्रहरीले एक्कसी हातपात गरेको जालनले बताए ।

“मेरो सामान के–के ल्याएको छ भनेर मैले एक नगर प्रहरीलाई सोधे, यहाँ तपाई सामान यो हो भनेर सामानको फोटो खिच्नु भन्नु भयो, फोटो खिन्ने क्रममा नगर प्रहरी विके सेन्जुले मलाई पछाडी धक्का दियो,” जालनले प्रहर खबरसंग भने, “हेटौंडा उपमहानगरभित्रै म माथि हातपात भयो, म असुरक्षित भए”

यस विषयमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले घटनाको बारेमा आफुलाई जानकारी नभएको बताइत् । नगरप्रहरीलाई हातपात गर्ने आदेश थियो र ? भन्ने प्रश्नमा “यस्तो बेलामा नगरप्रहरीलाई हातपात गर्नु भनेर आदेश दिन्छु, तपाईहरु पनि के पत्रकार हो त्यस्तो” मेयर लामाले प्रतिक्रिया दिईन् ।

भिडियो पनि हेर्नुहोस्