प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

बस दुर्घटनामा एकैगाउँका ६ जनाको मृत्यु

२०७९ पौष २२, शुक्रबार ०३:५० बजे

काठमाडौं – पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीबाट पाल्पाको खुर्साने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको यात्रुबहाक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुर्सानेमा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दर्घटनामा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।मृतक सबै खुर्साने गाउँका हुन् ।

मृतक मध्ये एकजनाको भने पहिचान हुन सकेको छैन । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।