प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

ट्रिपरमा मोटरसाइकल ठोक्किँदा मकवानपुरकी मगरको ज्यान गयो

२०७९ श्रावण २१, शनिबार ११:३० बजे

हेटौंडा – सडक छेउमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं कोटेश्वरमा सडक छेउमा रोकी राखेको बा ३ ख ८०१६ नम्बरको ट्रिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल शुक्रबार अनियन्त्रित भई ठोक्किँएको थियो ।

मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका ४ की ३६ वर्षीया भुमिका आले मगर रहेकी छन् । उनको मोटरसाइकलको पछाडी सवार भुमिकाको उपचारको क्रममा माइतीघर स्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मकवानपुर घर भएपनि भक्तपुरको चारदोबाटो बस्दै आएकी थिइन् ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको नयाँठिमी बस्ने दोलखाको बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।