हेटौंडा – शनिबार बिहान रुकुम पूर्वमा भएको प्रहरीको जीप दुर्घटनामा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रहरी जवान लक्ष्मण पुन रहेका छन्।
दुर्घटनामा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख, प्रहरी नायब उपरिक्षक प्रकाश डाँगी, ससस्त्र प्रहरी नायव उपरिक्षक रविन्द्र श्रेष्ठ, भ्यान चालक प्रहरी हवल्दार कुमार सिंह डाँगी, भ्यानमा सवार प्रहरी जवान लक्ष्मण पुन, प्रहरी जवान सन्तोष बुढा र प्रहरी जवान इन्द्र घर्ती घाइते भएका थिए ।
घाइतेमध्ये चालक डाँगी, लक्ष्मण र सन्तोषको अवस्था गम्भीर रहेको थियो । गम्भीर घाइतेमध्ये लक्ष्मणको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई नेपाली सेनाको हेलिकप्टरद्धारा नेपालगन्जतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ११ तल्लो सेरामा नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको भ्यान आज बिहान सवा ११ बजे अनियन्त्रित भइ दुर्घटना भएकोे थियो ।