मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना घाइते भएका तीन जनालाई उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको छ । हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखामा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रवक्ता कार्कीका अनुसार हालसम्म मृतक र घाइतेको सनाखत हुनसकेको छैन । उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।