हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका–५ तिनतलेमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–५ श्रीपुर बस्ने अन्दाजी २२/२३ वर्षीय सुमन लो रहेका छन् ।
धरानचतरा सडकखण्ड अन्तर्गत शुक्रबार हेटौंडाबाट जुरेलीतर्फ आउँदै गरेको ना ७ त ५०७२ नम्बरको ट्याक्टरबाट खसेर लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नावय उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार गुडिरहेको ट्याक्टरबाट खस्दा पछाडिको टेलरको चक्काले किच्दा गम्भिर घाइते भएका थिए । उनको उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको उनले जानकारी दिए ।
ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।