प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

चट्याङ लागेर गम्भीर घाइते भएकी बुढाथोकीको मृत्यु

२०८० बैशाख १७, आईतबार ०४:५१ बजे

काठमाडौँ – शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ। घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो।

बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ। जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ।