प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ मंसिर १८, आईतबार ०९:१० बजे

हेटौंडा – टिपरको ठक्करबाट काभ्रेमा पैदलयात्रीको मृत्यु भएको छ । बनेपा नगरपालिका–८, स्थित बनेपाबाट धुलीखेल तर्फ जाँदै गरेको बा ४ ख ५३२४ नम्बरको टिपरबाट पनौती नगरपालिका–७, बस्ने ५८ वर्षीय विश्वनाथ उलखको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिफरको ठक्करबाट घाईते भएका खलललाई उपचारको लागि सिरमेमोरीयल अस्पताल लगिएकोमा अवस्था गम्भिर भएपछि थप उपचारको लागि काठमाडौं भ्याली न्युउरो अस्पताल सुनधारा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । टिपर र चालक ईलाका प्रहरी कार्यालय, बनेपाको नियन्त्रणमा रहेको बताइएको छ ।