प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

हेटौंडा ५ को मतगणना अपडेटः वडाध्यक्षमा सुशिल जित नजिक, कसले कति मत पाए ?

२०७९ जेठ ४, बुधबार १२:३१ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.५ को मतगणना जारी छ । वडा नम्बर ५ मा खसेको कुल ५ हजार १९६ मतमध्य ४ हजार २४५ मत गनेर सकिएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार वडा नम्बर ५ मा मेयरमा राप्रपाका दिपक बहादुर सिंहले १ हजार ५९३ मत ल्याएका छन् । नेकपा एमालेका अन्नत पौडेलले
१ हजार ८६ र गठबन्धनबाट नेकपा एसकी मिना कुमारी लामाले ९९२ मत प्राप्त गरेकी छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँले २ हजर ४२८ मत ल्याएका छन् । नेकपा एमालेकी सुमित्रा काफ्लेले ९८४ र राप्रपाकी इन्द्रिरा न्यौपानले २३९ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी  वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुशिल घिमिरे २ हजार १ मत प्राप्त गरी जित नजिक पुगेका छन् । वडाको ९५१ मत गणना हुन बाँकी रहदा उनले ९२१ मतको अग्रता बनाएका छन् ।

अब सुशिलले जितको लागि ३१ मतको मात्र आवश्यक छ । ३१ मत आफ्नो पक्षमा आएको खण्डमा सुशिल वडाअध्यक्ष निर्वाचित हुनेछन् । उनका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका हयग्रीब उपाध्याय आचार्यले १ हजार ८१ मत प्राप्त गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नं.५ नम्बर ४२४५ मतगणना हुँदा कसले कति मत पाए ?

मेयर
अन्नत पौडेल (सुर्य)– १०८६
मिना कुमारी लामा(कलम)– ९९२
दिपक बहादुर सिंह (हलो)–१५९३

उपमेयरमा
सुमित्रा काफ्ले(सुर्य)– ९८४
राजेश बानियाँ (रुख)– २४२८
इन्दिरा न्यौपाने(हलो)–२३९

वडा अध्यक्ष पदमा
सुशिल घिमिरे(सुर्य) २००१
हयग्रीब उपाध्याय आचार्य(रुख) १०८०
रामकृष्ण श्रेष्ठ (हलो) २५५