प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

महाकाली किनारमा एक पुरूषको शव फेला

२०८० जेठ २७, शनिबार ०७:४० बजे

बैतडी – बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ। शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घटनास्थलतर्फ गएको छ।