हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमासिक समीक्षा तथा पालिकास्तरीय वार्षिक समीक्षा गरेको छ। मंगलबार भएको कार्यक्रममा गत असोज १५ देखि चैत १७ गतेसम्मको कार्यविधिहरूको प्रस्तुतीकरण गरिएको थियो।
संयोजक सुर्दशन दहालका अनुसार ुप्राइभेट हेल्थ केयर डेलिभरी नेपालु कार्यक्रमले निजी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय परिवार नियोजन सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। कार्यक्रम अन्तर्गत प्रशिक्षण, अभिमुखीकरण, अनुगमन भ्रमण र समीक्षा कार्यक्रमहरू गरिएको बताइएको छ।
वार्षिक कार्यक्रम अन्तर्गत निजी संस्थाहरूको पहिचान र छनोट, त्रिपक्षीय समीक्षा, किशोर यौन तथा प्रजनन् स्वास्थ्य र संगिनीको आधारभूत तालिम सम्पन्न गरिएको उल्लेख छ। संस्थाका संचालकहरूका लागि व्यावसायिक सिप तालिम र कर्मचारीहरूलाई अभिमुखीकरण तालिम समेत प्रदान गरिएको जनाइएको छ।
नगरपालिकासँग त्रैमासिक बैठक र गुणस्तर सुधार बैठक भएको जानकारी दिइएको छ। निजी क्षेत्रको क्षमता विकासले गुणस्तरीय परिवार नियोजन सेवा प्रवाह हुनुका साथै रिपोर्टिङ्गमा एकद्वार प्रणाली कायम हुने बताइएको छ। किशोरकिशोरीहरूलाई प्रजनन् स्वास्थ्य र लैङ्गिक हिंसाबारे जानकारी दिन निजी र सरकारी क्षेत्रबीच सहकार्य गरिने छ।