प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

स्कुल बस पल्टियो

२०७९ असार २३, बिहीबार ०९:१९ बजे

हेटौंडा – बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको बस सिरहाको सिरहा नगरपालिका १२ मा दुर्घटना भएको छ । स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको हो ।

बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।

सांकेतिक तस्बिर