प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

पिकअपको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

२०७९ पौष ८, शुक्रबार १३:०९ बजे

हेटौंडा – चितवन राप्ती नगरपालिका–२ गड्यौलिस्थित पुर्बपश्चिम राजमार्गमा महेन्द्र पिकअपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई गड्यौलि बस्ने ९ वर्षीय महमद एकलास रहेका छन् ।

प्रहरीका अनुसार नारायणगढतर्फ जाँदै गरेको प्र.२–०३–००१ च १७९२ नम्बरको पिकअपले एकलासलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट निज बालकको टाउकोमा चोट, अवस्था सिरियस रहेको थियो । घाइते भएका बालक एकलासको उपचार पुरानो मेडिकल कलेज भरतपुर भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।