प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीया शिक्षिकाको मृत्यु

२०७९ पौष ६, बुधबार १४:३३ बजे

काठमाडौं – सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–६ ब्याङचेपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौतारा साँगचोकगढी नगरपालिका–९ मूलखर्कको आदर्श आधारभूत विद्यालयकी २४ वर्षीया शिक्षिका अनिता तितुङ रहेकी छन् ।

सदरमुकाम चौताराबाट–स्याउले जाँदै गरेको बा प्र–२–०७०–७५५५ नम्बरको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका थिए । मोटरसाइकल चालक चौतारा साँगचोकगढी नगरपालिका–५ का २६ वर्षीय अनिल तामाङ घाइते भएका छन् । दुई जनाको तितुङको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।