प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

८२ बिद्यार्थी ट्राफिक प्रहरीको कारवाहीमा

२०७९ भाद्र २१, मंगलबार ०८:४० बजे

हेटौंडा – स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ८२ जना बिद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५१ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २४ जना, नम्बर प्लेट दुरुस्त नभएका ४ जना, तीन जना राखी मोटरसाईकल चलाउदै गरेका १ जना, तीव्र गतिमा जिग ज्याक चलाउने १ जना, हेल्मेट नलगाएका १ जना गरि ८२ जना विद्यार्थी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ‍१ हजार १६५ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।