हेटौंडा – रामेछापको मन्थली नगरपालिका १४ मा बसले ठक्कर दिदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया चन्द्र कुमारी परियार रहेको प्रहरीले जनाएको छ ।
मन्थलीबाट देउराली तर्फ जाँदै गरेको बागमती प्रदेश ०१९००६ ख २२ ९५ नम्बरको बसबाट ओर्लना साथ सोही बसले चन्द्र कुमारीलाई ठक्कर दिएको थियो । बस सहित चालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।