हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ बुद्धचोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
कान्तीलोकपथ सडकखण्डमा अन्तर्गत सोमबार विहानै ४ बजे चौघडा तर्फबाट हेटौडा बजारतर्फ आउँदै गरेको प्र.३ ०३००१प ६५६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रत भएर सोही स्थानमा ना.४ख ७४७२ नम्बरको ट्रकबाट सामन झार्दै गरेको कामदारलाई ठक्कर दिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा ४ वस्ने ४३ वर्षीय कान्छालाल जिम्बालाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा जिम्बा सहित मोटरसाइकल चालक हेटौडा ६ न्युरेनी बस्ने ३९ वर्षीय सफल अधिकारी र मोटरसाइकलमा सवार धरान घर भई हेटौंडा–५ सानोपोखरा डेरा गरी बस्ने २८ बर्षीया भावना मगर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको र घाइते भएका तीनैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक अधिकारीले मापसे गरेको पाईएको र सोही कारण मोटरसाइकल दुर्घटनाको भएको प्रहरीको अनुमान छ ।