प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

प्रदेश संरचना खारेज नगरे देश श्रीलंकाको अवस्थामा पुग्छः राजेन्द्र लिङदेन

२०७९ कार्तिक २८, सोमबार १४:३४ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालमा प्रदेश संरचना खारेज नगरे देश श्रीलंकाको अवस्थामा पुग्ने बताएका छन् ।

सोमबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश संरचना खारेज गरे मात्रै पनि देशलाई श्रीलंका हुनबाट जोगाउन सक्ने बताए ।

लिङदेनले प्रदेश संरचनालाई खारेज गर्दै संघ र बलियो स्थानीय तह भएको दुईवटा मात्रै सरकार हुनुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन्।

सोमबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपालको निर्वाचन प्रणाली परिवर्तन गर्दै जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका हुन्।

उनले संसद पुर्ण समानुपातिक हुनुपर्ने र सांसदहरुले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने समेत बताए।