हेटौंडा – रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको प्रतियोगिताका उदघाटन खेलमा नव जनजागृति युवा क्लब सिमरालाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मकवानपुर–११ लाई जित दिलाउनको लागि प्रितम स्याङ्बो र फगुराम थारुले गोल गरे । स्याङ्बोले पहिलो हाफको १२ औँ मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाए ।
खेलको ३९ औँ मिनेटमा फगुराम थारुले गोल गरे । बाँकी समयमा दुबै टोलीले थप गोल गर्न नसकेपछि मकवानपुर–११ ले २–० गोलले खेल जित्यो ।
खेलको म्यानअफ द म्याच विजयी मकवानपुर–११ का अलिउ भए । उनले नगद १० हजार प्राप्त गरे । आइतबार सातदोबाटो क्लब ललितपुर र नेपाल एपिएफ क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।
मकवानपुरका १० वटा स्थानीय तहको सहयोगमा आयोजित प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो ।प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।
तस्वीरः गोल नेपाल डटकम