हेटौंडा – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ३ हजार मिटर दौडमा कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाहाले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
सोमबार पोखरा रंगशालामा भएको दौडमा दुर्गाले निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेण्डमा पूरा कीर्तिमानसहित स्वर्ण जिते ।
दुर्गाले १८ वर्षअघि राजेन्द्र भण्डारीले ३ हजार मिटर बनाएको ८ मिनेट ५७.३० सेकेण्डको कीर्तिमान ब्रेक गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यो कर्णाली प्रदेशको पहिलो स्वर्ण हो ।
त्यस्तै एपिएफ क्लबका अजय यादवले ९ मिनेट २१.१० सेकेण्डमा पूरा गर्दै रजत जित्दा त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले कास्य जिते ।