प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मकवानपुरको थाहामा सडेगलेको शव फेला

२०८२ असार २६, बिहीबार २०:३६ बजे

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा सडेगलेको अवस्थामा एकजनाको शव फेला परेको छ।


थाहानगर-४ जिरोथुम स्थित जगरघारी जंगलमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
शव देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएपछि सिमभन्ज्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलदेखि ५र७ मिटर टाढा निलो ट्याक, कालो कट्टु, सेतो धर्के सट र घटनास्थल देखी २००/३०० सय मिटर टाढा चप्पल समेत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको इलाका प्रहरी कार्यालय पालुङले अनुसन्धान गरिरहेको छ। शवको शनाखत हुन सकेको छैन ।