प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

कति थपिए नयाँ मतदाता ?

२०७९ श्रावण २०, शुक्रबार ०४:१४ बजे

काठमाडौं – आगामी २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा १० लाख मतदाता बढ्ने अकलन गरिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मतदाता सङ्ख्या एक करोड ८५ लाख पुग्न सक्ने बताए ।

स्थानीय निर्वाचन २०७९ मा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता दर्ता भएका थिए । चुनाव सम्पन्न भएपछि निर्वाचन आयोगले असार १ गतेदेखि पुनः मतदाता नामावली खुलाएको थियो ।

आयोग स्रोतका अनुसार ६० दिनमा करिब चार लाख ७५ हजार आठ सय पाँच नागरिकले मतदाता नामावलीमा नाम सूचीकृत गराएका छन् । उनीहरुको आशिंक रूपमा सूचीकृत गर्न बाँकी रहेकोले उक्त सङ्ख्यामा केही थपिन सक्ने आयोगले जनाएको छ । यसरी आम निर्वाचन, २०७९ मा करिब एक करोड ८२ लाख मतदाता कायम हुनेछन् ।

त्यस्तै आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित समेत गरेको छ ।नामावली सङ्कलन स्थगित भएपनि अनलाइन सूचीकृत भएकाको साउन २१ गतेभित्र औँठा छाप र तस्बिर लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।