प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

दाजुद्वारा भाईको हत्या प्रयास

२०८० पौष २५, बुधबार ०७:५९ बजे

गोरखा – ज्यान मार्ने उद्योग कसुरमा पालुङटार नगरपालिका–१० धौखोला चारघरेका ६० वर्षीय तिलकबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार तिलकबहादुरले खुर्पा प्रहार गर्दा ४७ वर्षीय हिराबहादुर विश्वकर्मा घाइते भएका थिए। हिराबहादुरको टाउको र गालामा गम्भीर चोट लागेको र उनको अन्नपूर्ण अस्पताल कास्की पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ज्यान मार्ने नियतले धारिलो हतियार प्रहार गरेको आरोपमा सोमबार तिलकबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। हिराबहादुर नाताले तिलकबहादुरका भाइ हुन्।

पक्राउ परेका तिलकबहादुरलाई मंगलबार ज्यान मार्ने उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।