पर्सा – वीरगंज महानगरपालिका–१५ बसपार्कबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–१ मनवा बस्ने २० वर्षीय सुनिल पटेल र सखुवा प्रसौनी गाउँपालिका–१ बस्ने ४५ वर्षीय चन्द्रदेव महतो रहेका छन् ।
नेपालबाट भारततर्फ जाँदै गरेको प्रदेश २-०३-०२० प ३८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।