प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मकवानपुरमा भीरबाट लडेर एक जना घाइते

२०८० माघ ३, बुधबार ०९:०५ बजे

हेटौंडा – मकवानपुरको मनहरीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जना घाइते भएका छन् । मंगलबार मनहरी गाउँपालिका वडा नं.३ बिक्रमपर्ता बस्ने ४३ बर्षीय अन्जु अर्याल घाइते भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनी घरदेखी करिब १ दशमलव ५ किलोमिटर दक्षिणतर्फ ढलान खोल्सामा घाँस काट्न गएकी थिइन् । सोही क्रममा भिरबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।