प्रहर खबर
 २०८३ कार्तिक २, आइतवार    

एटिएम फोड्दा फोड्दै एक जना पक्राउ

२०७९ पौष १८, सोमबार १५:२५ बजे

हेटौंडा – एनआइसी एसिया बैंकको एटिएम फोड्दा फोड्दै एक जना पक्राउ परेका छन् ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा मगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।