प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

मकवानपुर २ (ख)बाट आनन्दराम पराजुलीको उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतबार ०८:०२ बजे

हेटौंडा – नेपाली काँग्रेसका आनन्दराम पराजुलीले प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन् । गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)बाट पराजुलीले उम्मेदवारी दर्ता गरेका हुन्।

पराजुली आइतबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । पराजुलीको प्रस्तावकमा उत्सव इटनी र समर्थकमा हरि पौडेल रहेका छन् ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ मा राप्रपाका केन्द्रिय सदस्य दीपक बहादुर सिंह र हाम्रो नेपाली पार्टीबाट दिपेन्द्रचन्द ठकुरीले उम्मेदवारी दर्ता गराईसकेका छन् । 

त्यसैगरी हाम्रो नेपालीबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेश ‘क’ मा किशोर राना र ‘ख’ मा किशोर अर्यालले उम्मेदवारी दर्ता गराईसकेका छन् ।