प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

झापाको पाँच क्षेत्र मध्ये तीन एमालेको अग्रता, हेर्नुहोस मत सहित

२०७९ मंसिर ६, मंगलबार ०४:२४ बजे

हेटौंडा – पाँच प्रतिनिधिसभा क्षेत्र रहेको झापामा धमाधम मतगणना भइरहेको छ । प्राप्त जानकारी अनुसार तीन क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले एक–एक स्थानमा अग्रता बनाएको छ ।

झापा क्षेत्र नं.५ मा एमाले अध्यक्ष केपि शर्मा ओलीले फराकिलो अग्रता बनाउँदै गएका छन् । उनले ८९७८ प्राप्त गर्दा नेपाली कांग्रेसका खगेन्द्र अधिकारी ५४४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ४३८४ मत सहित अग्रता लिदा क्षेत्र नं.१ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा अग्रता बनाएका छन् ।

झापा १ मा

विश्वप्रकाश शर्मा नेपाली कांग्रेस ११३८५ अग्रता
अग्निप्रसाद खरेल, नेकपा एमाले ७०८६
ओमनाथ भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी १९८१

झापा २ मा

देवराज घिमिरे नेकपा एमाले ५३७१ अग्रता
भद्र प्रसाद नेपाल स्वतन्त्र ४६३५
हरि कुमार राना मगर माओवादी केन्द्र २३५४

झापा ३ मा
राजेन्द्र प्रसाद लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी ४३८४ अग्रता
कृष्णप्रसाद सिटौला नेपाली कांग्रेस ३१५८

झापा ४ मा
लाल प्रसाद साँवा लिम्बू नेकपा एमाले ४२०४ अग्रता
शम्भु प्रसाद ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी ४१७०
देउ कुमार थेवे नेपाली कांग्रेस २४६७

झापा ५ मा

केपी शर्मा ओली, नेकपा एमाले ८९७८ अग्रता
खगेन्द्र अधिकारी, नेपाली कांग्रेस ५४४१
शुरेस कुमार पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी १४८४