हेटौंडा – मकवानपुरको दश वटै स्थानीय तहमा डेंगु संक्रमित फेला परेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लाको दश वटै पालिमा डेगुका विरामी फेला परेको हो ।
गत साउनदेखि हालसम्म जिल्लाका दशवटै स्थानीय तहमा २ हजार ९ सय ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा डेंगु संक्रमणबाट हालसम्म एक जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा डेंगु संक्रमण फैलिएको छ। हेटौंडामा २ हजार ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि क्रमशः मनहरीमा १ सय ६४, थाहा नगरमा ७५, मकवानपुरगढीमा ५१, भिमफेदीमा २७, बागमती, कैलाश र राक्सिराङमा ६–६ जनामा संक्रमण भएको छ भने इन्द्रसरोबरमा एक जनामा मात्रै डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित मध्ये १९ जनाको ठेगाना खुलेको छैन भने ३ जना अन्य जिल्लाका रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा ९३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।