प्रहर खबर
 २०८३ भाद्र १६, मङ्गलवार    

अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु

२०७९ मंसिर ११, आईतबार १४:१५ बजे

हेटौंडा – काभ्रेमा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । रोशि गाउँपालिका–९, मंगलटार बस्ने २२ वर्षीय आशिष भुजेलको मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाँदा अरिङ्गालले टोकाईबाट भुजेल घाइते भएका थिए । उनको उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।