प्रहर खबर
 २०८३ कार्तिक ३, सोमवार    

जितपुरमा जिपको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

२०७९ श्रावण २९, आईतबार १३:२५ बजे

हेटौंडा – जितपुर सिमरा उपमहानगरपालिका ९ मा आइतबार बिहान जिपको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री भारतिय नागरिक ४२ वर्षीय कनहाई साह तेली रहेका छन् ।

बिरगञ्जबाट जितपुरतर्फ आउँदै गरेको प्रदेश २–०३००१ च ६२१० नम्बरको स्कारपियो जिपले आज बिहान सवा १० बजे साइकललाई ठक्कर दिएको हो । जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ ।