हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिकाका वडा नं.६ जुरिखेतमा स्कुल बस दुर्घटना भएको छ । भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गर्त जुरीखेतबाट चिउरी बगैचातर्फ जादै गरेको बा.१ घ ५८६ नम्बरको कुलेखानी बोर्डिङ स्कुल बस मंगलबार अनियन्त्रित भई सडकको भित्तामा ठाक्किँएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी बसमा सवार दुर्घटनामा ७ जना विद्यार्थी सहित ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा भीमफेदी–६ जुरीखेत बस्ने ५ बर्षीय अश्विन थापा, ५ बर्षीय रोमन लामा, ५ बर्षीय रोमन लामा, ६ बर्षीय सिजन पौडेल, ६ बर्षीया जिया लामा, ५ बर्षीया ईश्वर बलामी र सोही स्कुलको कर्मचारी ३६ बर्षीया बिजुला रानामगर रहेका छन् ।
दाहिने हातको साहिली औलाको नसा छिनेको बिष्णुमायाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरु मध्य ८ जनाको हेटौंडा अस्पताल ल्याईएकोमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।