प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

हेटौंडामा तीन मेयर र दुई उपमेयर सहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

२०७९ बैशाख १६, शुक्रबार १३:४६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले मनोनयन फिर्ता लिएका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका मेयरमा तीन, उपमेयरमा दुई, वडाअध्यक्षमा १८ र वडासदस्य २६ गरी ४९ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालय हेटौंडाले जनाएको छ ।

मेयरमा उम्मेदवारी दिएका जसपाकी दीपा लामा, नेपालका लागि नेपाली अभियानका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार सुरक्षा रिजालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक विर्नाचन अधिकृत सागर शर्माले जानकारी दिए । त्यस्तै उपमेरमा नेकपा समाजवादीकी मखकुमारी तिमल्सिना र जसपाका हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिएका शर्माले जानकारी दिए ।

त्यसैगरी वडाअध्यक्ष पदका १८ जना, महिला वडासदस्य पदका ५ जना, दलित महिला वडासदस्य पदका ६ जना र खुल्ला वडासदस्य पदका १९ जनाले उम्मेदवारी फिर्ता लिएको शर्माले जानकारी दिए ।