प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

सुधनको स्वर, दिग्गजको शब्दमा 'अम्रीका' सार्वजनिक (भिडियो)

२०७९ असार ३०, बिहीबार ०७:३० बजे

काठमाडौं – सरोज अधिकारी र आश्मा बिश्वकर्मा फिचर्ड डान्सिङ भर्सनको 'अम्रीका' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा आधारित छ।

यस गीतमा स्वर गायक सुधन गैरे र गायिका मेलिना राईको रहेको छ भने शब्द दिग्गज धौराली रहेको छ। सुबाश भुषालले संगीतवद्द गरेको यस गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। भिडियोमा पवन सुस्लिङ्गको छायाँकन रहेको छ भने दिन्शन शाहको सम्पादन रहेको छ।

गम्भीर बिस्टको कोरियोग्राफी रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक गैरेको युट्युव च्यानल 'एसजी मेलोडी' मार्फत सार्वजनिक भएको हो। गायक गैरे लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। यसअघि गायक गैरेको स्वरमा रहेको 'उडी जाने जेट, 'माया किन मोडियो, 'सानी' बोलको म्युजिक भिडियोहरु स्रोतामाझ लोकप्रिय छन्।