प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु

२०७९ आश्विन १८, मंगलबार ०७:३९ बजे

चितवन – दशैंमा मासु खानेक्रममा अड्किएर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० बर्षीय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो ।

अष्टमीको साँझ करिव ७ः३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।मासु अड्किएपछि उपचारको क्रममा जुटपानी बजारस्थित मेडिकलमा राती नै लगिएको थियो ।

मेडिकलमा उपचार हुन नसकेपछि उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिए पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिए ।