प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

होटलमा बालिका बलात्कृत

२०७९ भाद्र ८, बुधबार १२:१६ बजे

हेटौंडा – झापामा १७ वर्षीया बालिका बलात्कृत भएकी छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः ईलाम हर्कटेस्थित होटलमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उजुरी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले खुलाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।